प्रचण्ड र गृहमन्त्रीबीच भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।
सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया