पाँच घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्ग पाँच घण्टादेखि अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका–१, सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।
पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग राखेका छन् ।
पाँच घण्टादेखि स्थानीयले सवारी आवागमन रोक्दा पृथ्वी राजमार्गमा लामो जाम लागेको छ ।
काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह १८१७ नंम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५, खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया