घनश्याम भुसालमाथि कारबाही गर्न सिफारिस
काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगको शनिबार सम्पन्न बैठकले पार्टी अनुशासन उल्लंघन गरेर अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही सिफारिस गरेको हो ।
पार्टीका अध्यक्षविरुद्ध भुसालले अभिव्यक्ति दिएकाले विधानअनुसार कारबाही सिफारिस गरेको आयोगका अध्यक्ष बडालले बताए ।
स्थानीय तह निर्वाचनपछि एमालेले प्राप्त गरेको परिणामको विश्लेषण गर्दै नेता भुसालले आफ्ना अध्यक्ष ओलीको आलोचना गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया