रूपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिकामा आइतबार बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ गइरहेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान परासी–भैरहवा सडक खण्डअन्तर्गत रोहिणी पुलबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ३२ मध्ये ९ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ । ज्यान गुमाउनेमा ८ पुरुष र एक महिला भए पनि सनाखत हुन बाँकी छ ।
घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया