रूपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिकामा आइतबार बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ गइरहेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान परासी–भैरहवा सडक खण्डअन्तर्गत रोहिणी पुलबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ३२ मध्ये ९ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ । ज्यान गुमाउनेमा ८ पुरुष र एक महिला भए पनि सनाखत हुन बाँकी छ ।
घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया