गाडीको ठक्करबाट मृत्यु

बनेपा । पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५, आइटी पार्कनजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ ।
शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा. ७३ प. ७५०२ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
उनका अनुसार, मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् ।
घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया