भारतमा एकदिनमा चार हजारभन्दा बढी कोरोना सङ्क्रमित
एजेन्सी । भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो ।
त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हाल सम्म भएका कोरोना सङ्क्रमितको १।०३ प्रतिशत भएको जनाइएको छ ।
शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७३ प्रतिशत रहेको छ ।
भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया