नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि प्रवेश
काठमाडाैं । नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएको विभागले जनाए पनि यसअघि विभागकै वेवसाइटमा नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने उल्लेख गरिएको थियो ।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरुपमा अद्यावधिक गर्दै जाने बुलेटिनमा उल्लेख छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया