वातावरण संरक्षणमा सबै पक्ष दत्तचित्त बन्नु पर्ने : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले वातावरण संरक्षणमा मुलुकका सबै पक्ष दत्तचित्त बन्नु पर्ने बताएका छन् । विश्व वातावरण दिवस तथा डिनको ४२ औ वार्षिकोत्सबको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताए ।
वातावरण संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिन अझै प्राथमिकताका साथ योजनाबद्द रूपमा अघि बढाउने प्रतिवद्धता समेत जनाए । वातावरण संरक्षण जस्तो गम्भीर पक्ष सरकारको प्रयासले मात्रै सम्भव नरहने चर्चा गर्दै मन्त्री चौधरीले हरेक नागरिकलाई आफ्नो – आफ्नो तहबाट वातावरण संरक्षणमा लाग्न समेत आग्रह गरे ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल ,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ , राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वातावरण प्रदूषणले विश्वमा पारेको प्रभाव र वातावरण संरक्षण सम्बन्धी विविध कार्यपत्र प्रस्तुत गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया