सानिमाले ल्यायो ग्यारेन्टी बोनस दिने बालबालिकाको पहिलो योजना
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ग्यारेन्टी बोनस दिने बालबालिकाको पहिलो योजना ल्याएको छ ।
सानिमा बाल सौगात जीवन बीमाअन्तर्गत विमकलाई प्रति हजारको प्रति वर्ष ६५ रुपैयाँ दिइनेछ ।
यस्तो बीमा योजना नेपालमै पहिलोपटक सानिमाले ल्याएको कम्पनीका कर्पोरेट बिजनेस प्रमुख गुणराज श्रेष्ठले बताए ।
यस्ता छन् सुविधा :
बीमा सुविधा भुक्तानी
बीमा प्रारम्भपश्चात् बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रिय घटना (मृत्यु) भएमा बीमालेखको शर्तहरूको अधीनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिनेछ ।
बीमाशुल्क छुट सुविधा
नगन्य थप बीमाशुल्क तिरी यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदान गरिनेछ ।
टिएलआईको व्यवस्था
पारिवारिक हित र सामाजिक सुरक्षाको लागि न्यूनतम बीमाशुल्क भुक्तानी गरी यो सुविधा सानिमा बाल सौगात जीवन बीमा साथ प्रस्तावकले लिएमा कुनै अप्रिय घटना (मृत्यु) भएमा समेत परिवारलाई एकमुष्ट बीमाङ्ग प्रदान गरिनेछ । यसबाट आश्रित परिवारलाई मानवोचित जीवनयापन गर्न सरल हुने निश्चित छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १९:०४:००
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया