भारतमा ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए
सिन्ह्वा । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ । एउटै अवधिमा कोरोनाबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख १० हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अधिकारीहररूका अनुसार, भारतमा अहिले कोरोनाबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार ९१८ रहेको छ । गत २४ घण्टामा मात्र ३७ जना ३२२ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ ।
कोरोनाका कारण भारतमा पछिल्लो एक दिनमा ५४१ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ४१३ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया