मन्त्रीहरूको सपथबारे राष्ट्रपति कार्यालय नै बेखबर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट नाम सिफारिस भएका नवनियुक्त मन्त्रीहरूको सपथबारे राष्ट्रपति कार्यालय नै बेखबर रहेको छ ।
एसको आइतबार बसेको सचिवालय बैठकले पुराना चार जना मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री कार्यलय बालुवाटार पठाएको थियो ।
नयाँ मन्त्रीहरूको सपथ तथा पदभारग्रहण सोमबार बिहान हुने भनिएपनि अहिलेसम्म सपथबारे राष्ट्रपति भवनलाई नै थाहा नभएको प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
‘मन्त्रीहरूको सपथबारे अहिलेसम्म प्रधानमन्त्रीको कार्यलयबाट कुनै जानकारी आएको छैन’, प्रवक्ता आचार्यले भने, ‘प्रधानमन्त्रीको कार्यलयबाट जानकारी आएपछि सपथबारे तयारी गरिन्छ ।’
तर पार्टीले आफूलाई फिर्ता बोलाइएकोबारे कुनै जानकारी नदिएको भन्दै पुराना मन्त्रीरूको गुनासो पोखेका छन् ।
नेकपा एसले पार्टी विभाजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, भवानी खापुङ, प्रेम आले र किसनकुमार श्रेष्ठलाई पहिलो चरणमा सरकारमा पठाएको थियो ।
आइतबार चार जनालाई फिर्ता जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम प्रधानमन्त्री निवास बालुवाटार पठाएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया