दोलखा जिससको निर्वाचन असार १ गते हुने
दोलखा । जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ । दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन हुन लागेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन संशोधन गर्ने, २७ गते मतदाताको नामावलीमा उजुरी दिने तथा अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते मनोनयन दर्ता, २९ गते उम्मेदावारकोविरुद्ध दाबी विरोध गर्ने र ३० गते उम्मेवारलाई चिह्न प्रदान गरी असार १ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत भने रहेको छैन । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तहका १८ प्रमुख उपप्रमुखमध्ये कुनैपनि राजनीतिक दलको एकल बहुमत छैन । एकल बहुमत नभएपछि राजनीतिक दलका बीचमा गठबन्धन गरी समन्वय समितिको निर्वाचन हुने भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया