भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ।
बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ । त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए ।
भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए । बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए ।त्यसमा परेर पाँच जना घाइते भएका बताइएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्न लागेको पनि बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया