१२ अंकले घट्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्स)का अनुसार आज नेप्से १२. ९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेको छ ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा पुगेको छ । आज २२८ स्टकको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । आज सबैभन्दा विकास बैंक, वित्त, उत्पादन, अन्य, लघुवित्त, र सामूहिक लगानी कोषको सेयरमूल्य बढेको छ । ती उपसमूहको सेयरमूल्य क्रमश : ०.३३, ०.२२, ०.४२, ०.१, ०.५३ र ०.२७ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी जीवन बीमा कम्पनीको सेयरमूल्य २.०१ प्रतिशतले घटेको छ । आज घटेका उपसूमहरुमा बैंक १.३२, व्यापार ०.०१, होटल तथा पर्यटन ०.०५, जलविद्युत ०.२२, नीर्जीवन बीमा कम्पनी ०.५८ र लगानी ०.३१ प्रतिशतले घटेको छ ।
नेप्से ओरालो लागेपनि यस दिन उपकार लघुवित्तको मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ । आज नेपाल इन्भेष्मेनट बैंक र हिमालयन बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज ती दुबै कम्पनीले ९.९ प्रतिशतले गुमाएका छन् ।
आज कारोबार रकमका आधारमा एशिएन लाइफ इन्स्योरेन्सको सर्वाधिक ८ करोड २४ लाख ७७ हजार ३८७ रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेको छ । त्यसैगरी, एनआइसी एशियाको ६ करोड ७६ लाख ९४ हजार ६४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया