गर्मीले विद्यालय बन्द
कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरले जनाएको छ । त्यसैगरी भीमदत्त नगरले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ । गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरले आगामी शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताउनुभयो । नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया