फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग यसरी जोडौं : प्रदीप पौडेल
काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले फोहोरमैलालाई व्यवस्थापन गर्न सक्दा आर्थिक लाभ र समृद्धिमा अघि बढ्न सकिने बताएका छन् । कुहिने र नकुहिनेको वर्गीकरण गर्ने, समाधानका लागि महानगरपालिकाहरू, सहरी विकास मन्त्रालयले आवश्यक समन्वय गर्न सक्दा फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्न सकिने उनको भनाई छ ।
‘महानगरको फोहोरको समस्या हामी सबैको साझा समस्या हो, यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोहि पनि मुक्त छैन।फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौं। फोहरको प्रकृति हेरेर वर्गिकरण गरौं। यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो। त्यसैगरी, फोहर व्यावस्थापन स्थलका स्थानियहरुको माग र समस्याहरुको समाधान गरौं, उहाँहरूसँगका सम्झौताहरु पालना गरौं’ पौडेलले सामाजिक संजालमा भनेका छन्, ‘अझ हामीले बुझ्दै आएको फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो छ।त्यसैले यसका विविध आयामहरुको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग पनि जोड्ने पहल गरौं ।’
फोहोरको वर्गीकरण र दीर्घकालीन समाधानको काम गर्दा यसबाट लाभ हुने उनको भनाई छ ।
‘उदाहरणको लागि प्लास्टिकको प्रयोग विभिन्न उपायले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल र उर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला’ पौडेलले भनेका छन्, ‘फोहरभित्रका यी सकारात्मक पक्ष तथा यसको दीर्घकालीन समाधानका विषयमा काठमाडौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।’
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया