जिसस संखुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।
जिसस संखुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा (एमाले)ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ (३) बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित भएकी छिन् । उनी एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी भएका छन् । विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पाएका छन् । जिससको खुल्ला सदस्यमा माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित भएका छन् ।
महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी भए । दलित वा अल्पसंख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया