हुम्ला आँखा शिविरबाट ४३७ जना लाभान्वित
हुम्ला । जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मंगलबार उनीहरुको निःशुल्क उपचार गरिएको छ भने आज ३६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिनेछ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आँखा उपचार केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर भएको हो । शिविरबाट सिमकोट, खार्पुनाथसहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए ।
यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । दुर्गम जिल्लाका नागरिकको निःशुल्क उपचारका लागि तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक गोविन्द पौडेलसहितको टोलीले उपचार गर्नेछ । शिविरमा मोतियाविन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियासहितका आँखासम्बन्धी उपचार निःशुल्क प्रदान गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया