एकैदिन ३८ को मृत्यु, २१ जनाद्वारा आत्महत्या

काठमाडौँ । देशमा पछिल्लो समय दुर्घटना तथा आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्यामा बृद्धि भएको छ ।
बुुधबारमात्रै देशभर दुर्घटना तथा आत्महत्याबाट ३८ जनाले ज्यान गुमाएका हुन् । सुरक्षा निकायहरुले पेश गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा विभिन्न दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यसमध्ये सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ ।
४ जनाको भीरबाट लडेर मृत्यु भएको छ । एक जनाको हत्या भएको छ । यस्तै भवितव्यमा परेर ३ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीकाअनुसार पछिल्लो २४ घण्टामा २१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमध्ये अधिकाशंले गलामा पासो लगाएर मृत्युको बाटो रोजेको हो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया