एकैदिन ३८ को मृत्यु, २१ जनाद्वारा आत्महत्या
काठमाडौँ । देशमा पछिल्लो समय दुर्घटना तथा आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्यामा बृद्धि भएको छ ।
बुुधबारमात्रै देशभर दुर्घटना तथा आत्महत्याबाट ३८ जनाले ज्यान गुमाएका हुन् । सुरक्षा निकायहरुले पेश गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा विभिन्न दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यसमध्ये सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ ।
४ जनाको भीरबाट लडेर मृत्यु भएको छ । एक जनाको हत्या भएको छ । यस्तै भवितव्यमा परेर ३ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीकाअनुसार पछिल्लो २४ घण्टामा २१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमध्ये अधिकाशंले गलामा पासो लगाएर मृत्युको बाटो रोजेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया