७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
चालु आर्थिक वर्षको विनियोजित बजेटमाथि मन्त्रालयगत छलफलमा बुधबार संसदमा भाग लिँदै भट्टराईले निर्वाचनमा भाग लिनेका लागि अनिवार्य अवकास व्यवस्था हुनुपर्ने बताएका हुन् ।
‘हामीले पेन्सनको कुरा गर्दा महत्वपूर्ण विषय निर्वाचनमा भाग लिने उम्मेदवारहरूको उमेरहद कायम गर्न भुल्नु हुँदैन । यसका लागि संविधान संशोधन गरिनुपर्छ ’, भट्टराईले भने, ‘कर्मचारीमा अनिवार्य अवकासको कुरा गर्छौं । ७० वर्ष नाघेपछि राज्यका कुनैपनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ । र्याल–सिंगान चुहिएर काम गर्न नसक्ने मन्त्री प्रधानमन्त्री हामीलाई चाहिएको होइन ।’
त्यस्तै उनले नेपालीको औसत आयु ७५ वर्ष पुगेको भन्दै कर्मचारीको काम गर्ने उमेर ६५ वर्ष पु¥याउनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया