७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
चालु आर्थिक वर्षको विनियोजित बजेटमाथि मन्त्रालयगत छलफलमा बुधबार संसदमा भाग लिँदै भट्टराईले निर्वाचनमा भाग लिनेका लागि अनिवार्य अवकास व्यवस्था हुनुपर्ने बताएका हुन् ।
‘हामीले पेन्सनको कुरा गर्दा महत्वपूर्ण विषय निर्वाचनमा भाग लिने उम्मेदवारहरूको उमेरहद कायम गर्न भुल्नु हुँदैन । यसका लागि संविधान संशोधन गरिनुपर्छ ’, भट्टराईले भने, ‘कर्मचारीमा अनिवार्य अवकासको कुरा गर्छौं । ७० वर्ष नाघेपछि राज्यका कुनैपनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ । र्याल–सिंगान चुहिएर काम गर्न नसक्ने मन्त्री प्रधानमन्त्री हामीलाई चाहिएको होइन ।’
त्यस्तै उनले नेपालीको औसत आयु ७५ वर्ष पुगेको भन्दै कर्मचारीको काम गर्ने उमेर ६५ वर्ष पु¥याउनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया