तीन दलको बैठकपछि प्रचण्डले भने, ‘जसरी पनि गठबन्धन जोगाउन लाग्छौँ’
काठमाडौं । सत्तारुढ तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक सकिएको हो ।
बैठकपछि प्रक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धन जोगाउन जसरी भए पनि लागिपर्ने बताए ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ । एमसिसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला बैठक बस्न लागेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया