नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।
इच्छाकामना–६, तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
पहिराकै कारण मुग्लिन–नौबीसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४, स्थित नाग्दी खोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया