चलचित्र निर्देशक रेशराज आचार्यको ६४ वर्षको उमेरमा निधन
काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको हो ।
ह्दयघातका कारण काठामाडाैंको ओम अस्तपतालमा उनको निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ । स्रोतका अनुसार उनी करिब एक वर्षदेखि बिरामी हुँदै आएका थिए ।
उनले चलचित्र ‘तिलहरी’बाट निर्देशनको यात्रा सरू गरेका थिए । उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया, मायाको साइनो, भाग्यले जुरायो, नगद नारायण, धर्मसंकट लगायतका चलचित्र निर्देशन गरेका थिए ।
आचार्यका श्रीमती र एक छोरा छन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया