चलचित्र निर्देशक रेशराज आचार्यको ६४ वर्षको उमेरमा निधन
काठमाडौं । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको हो ।
ह्दयघातका कारण काठामाडाैंको ओम अस्तपतालमा उनको निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ । स्रोतका अनुसार उनी करिब एक वर्षदेखि बिरामी हुँदै आएका थिए ।
उनले चलचित्र ‘तिलहरी’बाट निर्देशनको यात्रा सरू गरेका थिए । उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया, मायाको साइनो, भाग्यले जुरायो, नगद नारायण, धर्मसंकट लगायतका चलचित्र निर्देशन गरेका थिए ।
आचार्यका श्रीमती र एक छोरा छन् । उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया