थप २२ जनामा कोरोना पुष्टि, ११२ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७५३ जनामा परीक्षण गर्दा पिसीआर विधिमा १२ जना र एन्टीजेन विधिमा १० जना गरी थप २२ जनामा कोरोना पुष्टि भएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म पिसीआर विधिबाट ९ लाख ७९ हजार २३५ र एन्टीजेन विधिमार्फत एक लाख ४० हजार ३१२ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा ९ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार १७१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बिहीबार कसैको पनि मृत्यु भएको छैन् । देशभर मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२ जना सक्रिय संक्रमित रहेका छन् भने खोप लगाउनेको संख्या एक लाख १७ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया