सुनको मूल्य ३०० रुपैयाँले घट्यो
काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य घट्योकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार सात सयमा कारोबार भइरहेको हो ।
बिहीबार सुनको मूल्य ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन ९७ हजार पाँच सय रुपैयाँले कारोबार भएको थियो ।
बिहीबार स्थिर रहेको चाँदीको मूल्य शुक्रबार भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया