थप १७ जनामा कोरोना पुष्टि, ७ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७० जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमार्फत ७ र एन्टीजेन विधिमा १०जना गरी थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ७ जना निको भइ घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार १८१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
शुक्रबार कसैको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । शुक्रबार १०९ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ८० हजार ५०१ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया