प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।
प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बसाइँका क्रममा उहाँले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया