ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व-पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका-१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
बेदकोट नगरपालिका-१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया