उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री
सोल । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ ।
अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेकाे अधिकारीहरूले जनाएका छन् ।
कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उनले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया