ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध हुन्छ : चीन
काठमाडौं । चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध हुने अमेरिकालाई चेतावनी दिएको छ ।
चीनका रक्षामन्त्री वे फेड्गेले एसियाली सुरक्षा सम्मेलनका दौरान अमेरिकी समकक्षी लोयड अस्टिनसँगको भेटमा यस्तो चेतावनी दिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार वेले ताइवानलाई चीनसँग अलग गराएको अवस्थामा चीनसँग युद्ध गर्नुको कुनै विकल्प नभएको बताएका छन् ।
वेले आफ्नो भूमिको अभिन्न अंग ताइवानलाई हतियार बिक्री गरेकोप्रति पनि असन्तुष्टि जाहेर गरेका थिए ।
‘ताइवानलाई कसैले चीनबाट अलग गर्ने प्रयास गरेमा हाम्रा सेनासक्षम लडेर देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ बेको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
उक्त भेटवार्तामा अमेरिकी रक्षामन्त्रीले अस्टिनले चिनियाँ सेनाको गतिविधि उत्तेजनापूर्ण भएको आरोप लगाएका थिए । ताइवानको आकाशमा चीनले दैनिकजसो उडाइरहेको वायुयानले अशान्ति र अस्थिरता निम्त्याइरहेको उनको भनाइ छ ।
सांग्रिला सम्मेलनका क्रममा दुईबीच सिंगापुरमा करिब एक घण्टा भेतवार्ता चलेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया