गंगालाल अस्पतालले माग्यो डाक्टर, नर्सलगायत पदमा ५७ जनशक्ति
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ५७ जनशक्ति माग गरेको छ ।
कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट, नर्स, ल्याब टेक्निसियन, प्रशासन सहायकलगायत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न केन्द्रले आइतबार विज्ञापन आह्वान गरेको हो ।
केन्द्रले स्टाफ नर्स पदमा खुलामा मात्रै १७ जनशक्ति माग गरेको छ । कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट, रेडियोलोजिस्टलगायत पदमा १/१ सिटमा आवेदन माग गरिएको छ ।
केन्द्रले लोक सेवा आयोगको जेठ २६ को निर्णयअनुसार विज्ञापन गरेको जनाउँदै योग्यता पुगेकालाई आवेदन दिन आह्वान गरेको छ ।
आइतबारदेखि अबको २१ दिनसम्म सिंगल र त्यसपछिको एक साता दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
केन्द्रले खुलाका अतिरिक्त आन्तरिक प्रतियोगिताका लागि पनि एकसाथ आवेदन आह्वान गरेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया