नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११
काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर, क्यु१ २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ ।
साओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ ।
रेड्मी नोट ११, साओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु-याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको छ ।
कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागि एक समर्पित सेवा वेयरहाउसको माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया