एमसिसीबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगियो
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक निष्कर्णविहीन टुंगिएको छ ।
सहमति खोज्न भनेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार संसद्मा एमसिसी टेबुल गर्ने प्रस्ताव गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको सोही प्रस्तावको सेरोफेरोमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकाले दिएको मिति फागुन १६ (फेब्रअरी २८) सम्ममा एमसिसी पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहो¥याएको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया