प्रतिनिधिसभा बैठक बस्दै, होला एमसिसी टेबुल ?
काठमाडौं । बुधबार केहीबेर बसेर स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक तय भएको छ । बैठकको कार्यसूची निर्धारणका लागि सभामुख अग्नि सापकोटाले अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी पेश गर्ने मुडमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पास गर्न नहुने अडानमा छन् । माओवादी केन्द्रले त एमसिसी संसद्मा जबरजस्ती पेश गरिए सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ ।
सत्ता साझेदार दलबीच एमसिसीमा सहमति निर्माणको प्रयास जारी छ । तथापि, अहिलेसम्म मिलन बिन्दु भेटिइसकेको छैन । अहिले केहीबेरमा यी दलहरू पुनः छलफलमा जुट्दै छन् ।
त्यसैले आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया