भारतीय तटबन्धले साँघुरिँदै महाकाली

काठमाडौं । भारतले सीमा नदी महाकालीका प्राकृतिक बहाव धकेलिने गरी निर्माण गरिरहेको पक्की तटबन्धको काम नरोकेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
भारतीय तटबन्धले साँघुरिएको नदीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित छन् ।
सीमा नदी महाकालीमा नेपाल र भारत दुवैतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फ ०७१ सालबाट तटबन्ध निर्माण सुरु गरिएको हो भने भारतले गत वर्षबाट पक्की तटबन्ध बनाउन थालेको हो । नेपालले ०७० असारको बाढीपछिको महाकालीको धार परिवर्तन नहुने गरी तटबन्ध बनाइरहेको छ ।
बाढीलगत्तै नेपाल–भारतका अधिकारीहरूबीच सीमा नदीमा संरचना निर्माण गर्दा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतालाई आधार मानेर आपसी समझदारीमा गर्ने सहमति थियो । नेपालले त्यसैअनुरूप निर्माण थाले पनि भारतले नदी किनाराको एक किलोमिटर क्षेत्रमा महाकालीको धार नेपालतर्फ फर्कंने गरी बाँध बनाइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया