भारतीय तटबन्धले साँघुरिँदै महाकाली
काठमाडौं । भारतले सीमा नदी महाकालीका प्राकृतिक बहाव धकेलिने गरी निर्माण गरिरहेको पक्की तटबन्धको काम नरोकेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
भारतीय तटबन्धले साँघुरिएको नदीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित छन् ।
सीमा नदी महाकालीमा नेपाल र भारत दुवैतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फ ०७१ सालबाट तटबन्ध निर्माण सुरु गरिएको हो भने भारतले गत वर्षबाट पक्की तटबन्ध बनाउन थालेको हो । नेपालले ०७० असारको बाढीपछिको महाकालीको धार परिवर्तन नहुने गरी तटबन्ध बनाइरहेको छ ।
बाढीलगत्तै नेपाल–भारतका अधिकारीहरूबीच सीमा नदीमा संरचना निर्माण गर्दा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतालाई आधार मानेर आपसी समझदारीमा गर्ने सहमति थियो । नेपालले त्यसैअनुरूप निर्माण थाले पनि भारतले नदी किनाराको एक किलोमिटर क्षेत्रमा महाकालीको धार नेपालतर्फ फर्कंने गरी बाँध बनाइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया