थप १२ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त

काठमाडौं । गत २४ घण्टामा २ हजार ३४१ जनाको कोरोना परीक्षणमा पिसीआर विधिमा ७ र एन्टीजेन विधिमा ५ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २३३ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो । त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।
हाल सम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । मंगलबार ९३ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ९०३ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया