२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङ । जिल्लाको राइनास नगरपालिका–८, तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो ।
०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो । परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया