संसदमा एसपीपीका विषयमा गगनले उठाए गम्भीर सवाल, तत्काल जवाफ दिन प्रधानमन्त्रीसँग माग
काठमाडौं । कांग्रेस सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताएका छन् ।
नेपाली सेना संलग्न हुने कुनै पनि देशसँगको सामरिक विषयका शक्ति राष्ट्रसँग यस्ता सम्झौता हुन नहुने भन्दै तत्काल आजै संसदमा उभिएर जवाफ दिन थापाले प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।
‘एसपीपीका विषयमा कुरा उठेका छन् । यो सरकारसँग सम्बन्धित छ । यसैले रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’ थापाले भने, ‘सामरिक विषयमा शक्तिराष्ट्रसँग यस्ता सम्झौता हुनुहुँदैन । आजै यो बैठकमा आएर प्रधानमन्त्रीले यस्तो प्रकृतिको समझौता नेपालले गर्दैन गर्दैन गर्दैन भनेर आशंकाको अन्त्य गर्न पनि प्रधानमन्त्रीले बोल्नुपर्छ ।’
नेपाली सेना संलग्न हुने छिमेकी देश, शक्तिराष्ट्र वा कोहीसँग पनि सहभागी हुँदैनौं भनेर भन्नुपर्ने थापाको भनाई छ ।
थापाले आफूभन्दा अघि बोलेका एमाले सांसद प्रदीप ज्ञवालीको भनाईमा समर्थन जनाउँदै यसमा तत्काल सरकारले प्रष्ट पार्नुपर्ने थापाले बताएका हुन् ।
शक्ति राष्ट्रसँग मिलेर काम गर्न आपत्ति नभए पनि सेना संलग्न हुने कार्यक्रममा सहभागी हुन नहुने थापाको भनाई छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया