चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई ५० हजार प्रदान
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मंगलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हालै हस्तान्तरण गरेका हुन् ।
बन्दीपुर गाउँपालिका–१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुई मिटर माथि जङ्गलमा लगेको थियो ।
मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्चबापत उक्त रकम प्रदान गरिए पनि बाँकी ९ लाख ५० हजार रुपैयाँ छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताए ।
गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराउन पहल भइरहेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया