दुर्घटना प्रतिकार्य अभ्यासका लागि त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज दिउँस आधा घण्टाका लागि बन्द हुने भएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आज ३ बजे विमानस्थलमा दुर्घटना प्रतिकार्य अभ्यास हुन गइरहेकाले आधार घण्टाका लागि बन्द हुने जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिरणको मापदण्ड अनुसार विमानस्थलमा आइपर्न सक्ने विभिन्न आपत्कालिन अवस्थामा प्रतिकार्यको लागि यो अभ्यास गर्न लागिएको हो ।
यसमा प्रतिकार्यका लागि परिचान हुने रेस्पोन्डिङ एजेन्सीज सम्बद्ध आपतकालिन योजना, कार्यविधि, यन्त्र उपकरण, जनशक्तिलगायत सञ्चार व्यवस्थापनको क्षमता जाँच गरिनेछ । सँगै देखिएका कमजोरीलाई हटाइ संयन्त्रलाई चुस्त र दुरुस्त राखिने उसिटौलाले बताए ।
विमानस्थलमा हुने यो अभ्यासको अवधीभर आकाशमा धुँवाको कालो मुस्लो देखिनेछ भने दमकल, फायर फाइटरलगायतका रेस्पोन्डिङ एजेन्सीजहरु पनि सक्रिय रहनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया