प्रभु क्यापिटलद्वारा ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन
काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले असार १ गते (आज) बाट ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन गरेको छ । विभिन्न विश्वविद्यालय तथा कलेजका व्यवस्थापन संकायअन्तरगत स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपालमै पहिलो पटक ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ गर्न लागिएको प्रभु क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार यो कार्यक्रमर असार ३१ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।
यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने पहिलो ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरु सहभागी हुनेछन् ।
यस कार्यक्रममा विद्यार्थीहरुले सेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेलमा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिने बताइएको छ ।
श्रावण महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्ने बताइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया