मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगन

सप्तरी । मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।
प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९–०८० को लागि बजेट प्रस्तुत गरेका थिए ।
प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले रु ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार ९०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया