मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगन
सप्तरी । मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।
प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९–०८० को लागि बजेट प्रस्तुत गरेका थिए ।
प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले रु ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार ९०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया