स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई एमालेको दुई दिने अभिमुखिकरण तालिम काठमाडाैंमा
काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा जननिर्वाचित आफ्ना प्रतिनिधिहरूलाई दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
पार्टी स्कुल विभागद्वारा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम बिहीबार र शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
बिहान ११ बजे सुरू हुने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाका मेयर÷उपमेयर सहभागी हुनेछन् ।
वैशाख ३० मा भएको निर्वाचनमा दोस्रो दल रहेको एमालेले १२३ अध्यक्ष र १२६ उपाध्यक्ष तथा ८२ प्रमुख र १२३ उपप्रमुख पद जितेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया