एसपीपी सम्झौता ओली सरकारले अगाडि बढाएको हो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी सैन्य सम्झौता ओली सरकारको पालामा अगाडि बढेको आरोप लगाएका छन् ।
सहिद रितबहादुर खड्का स्मृति दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यलय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रघात गर्नेहरू नै हावा राष्ट्रवादको प्रचार गरेको आरोप लगाए ।
‘जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरूले नै हावा राष्ट्रवादको प्रचार गर्दैछन् । एसपीपी सम्झौता भइसक्यो रे भनेर जस्तो प्रचार गरिएको छ’, उनले भने, ‘वास्तवमा याे सम्झौता २०१९ ओली सरकारले अगाडि बढाएकाे हाे । गठबन्धनको नेताको हैसियतले कुनै हालतमा एसपीपी सम्झौता नहुने म प्रतिवद्धता जनाउन चाहन्छु ।’
उनले विगतको कमिकमजोरी सच्चाउँदै गठबन्धन अझै मजबुद बनाउँदै लैजाने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया