पार्टीभित्रकै शकुनीहरूले एमालेलाई हराए, तिनीहरूको उचित हिसाब किताब हुन्छ : अध्यक्ष ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रकै शकुनी, मिर्जाफर र मिरिकासीमहरूले एमालेलाई हराएको आरोप लगाएका छन् ।
एमालेबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मतिभ्रष्ट प्रवृत्ति त्याग्नुपर्ने बताए ।
‘पार्टीभित्र बंगालका सेनापति मिर्जाफर र मिरिकासीम जस्ता विरोधीको सेवा गर्ने सकुनी छन् । एमालेका नेता तथा कार्यकर्ता भएर निष्ठाच्यूत हुन सरम लाग्नुपर्ने हो’, उनले भने, ‘पार्टीभित्र पदको उपयोग पनि गरिरहेका छन् । तर काम चाहिँ नेतृत्वप्रति घृणा फैलाउने र विरोधीलाई सहयोग गर्ने काम गरिरहेका छन् । तिनीहरूको हिसाबकिताब समयक्रममा हुनेछ ।’
सरकारले अहिले पनि एमालेलाई २०६ सिट जित्न नदिन राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । विरोधीहरूको महासंग्रामकोबीच पनि एमालेका उम्मेदवारहरूले सर्वाधिक लोकप्रिय भोट पाएकाले जनताको पक्षमा काम गर्न उनले निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया