निगम महाप्रबन्धक चयनअघि अस्वाभाविक रुपमा संचालक समिति सदस्य नियुक्त
काठमाडौं । नेपाल वायुसेवा निगममा रिक्त रहेको महाप्रबन्धक पदका लागि दाबेदारको दौडधूप चलिरहँदा अमृतमान श्रेष्ठलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले निगम सञ्चालक समिति सदस्यमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बतायो ।
निगमका निर्वतमान महाप्रबन्धक डिमप्रकाश पौडेललाई सरकारले बर्खास्त गरेसँगै सो पदका लागि यतिबेला चर्को दौडधूप सुरु भएको छ । यसैको पूर्वसन्ध्यामा नयाँ सदस्यको नियुक्तिसँगै श्रेष्ठलाई पनि उक्त पदको दाबेदारको रूपमा हेरिएको छ ।
स्रोतका अनुसार श्रेष्ठलाई नियुक्त गर्ने केही दिनअघिमात्रै निगममा करार सेवामा जागिर पाउँ भन्ने निवेदन प्राप्त भएको थियो । ‘तर, त्यो निवेदन आएकै दिन कर्मचारीलाई चकित पार्नेगरि अर्को निवेदन आयो,’ उनले भने, ‘करार सेवामा जागिर पाउँ विषयको निवेदन आएको सोही दिन उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुपर्ने अर्को निवेदन पेश भयो ।’
श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधिका रूपमा सञ्चालक समिति सदस्य नियुक्त भएका हुन् । यसअघि उनी निगममा सामान्य बिक्री तथा खरिद विभागका निर्देशकका रूपमा काम गरिसकेका छन् ।
निगममा सञ्चालक समिति सदस्यमा निगमका कार्यकारी प्रमुखसँगै पर्यटन, अर्थ मन्त्रालय तथा नीजि क्षेत्रबाट पनि प्रतिनिधि रहने प्रावधान छ । यसअघि नीजि क्षेत्रबाट प्रतिनिधी गर्ने सदस्यहरू इश्वरी पौडेल र फूर ग्याल्जे शेर्पालाई पर्यटनमन्त्री प्रेम आलेले स्वार्थ बाँझिने भन्दै बोर्ड सदस्यबाट हटाएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया