करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो ।
बिहान घरनजिकको धानखेतमा मोटर लगाएर सिंचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया