विश्वकप छनोटको पहिलो खेलमा ओमानमाथि नेपालको जित
काठमाडौं । विश्वकप छनोटको खेलमा नेपालले ओमानमाथि जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई कमजोर सुरुवात गर्दै ११८ रनको लक्ष्य दिएको थियो ।
तर नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानले कमजोर लक्ष्य पनि पूरा गर्न सकेन । २० ओभरकाे खेलमा ओमान १७ ओभरमा ७८ रनमा समेटिंदै ३९ रनले पराजित हुन पुग्यो ।
नेपालको जितको लागि ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३८, सन्दीप लामिछाने र लोकेश वामले १६\१६ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
बलिङतर्फ कमल ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २\२ विकेट लिए ।
जितेन्द्र मुखिया र अबिनाश बोहोराले एकएक विकेट लिए ।
जितसँगै नेपाल दोस्रो स्थानमा छ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत क्वालिफायर एको ग्रुप बीमा क्यानडा नेपालभन्दा अगाडि छ । क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गर्दै रनरेटमा नेपाललाई उछिनेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया