अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो राष्ट्रियसभा बैठक अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्मा विनियोजन विधेयक २०७९ प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
त्यही अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई आफ्नो प्रस्ताव पेश गर्न समय दिएका थिए । तर एमालेका संसदहरूले नियम, प्रकृया मिचेर विचौलियामार्फत अर्थमन्त्रीले बजेट ल्याएको आरोप लगाउँदै विरोध जनाएका थिए ।
एमालेका प्रमुख सचेतक खिललाल भट्टराईले अर्थमन्त्रीको राजीनामा वा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म संसद चल्न नदिने बताएपछि अध्यक्षले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया