प्रतिसेकेन्डमै पृथ्वीको आकारमा बढिरहेको ‘ब्ल्याक होल’ भेटियो
काठमाडौं । हालै अष्ट्रेलियाको नेसनल युनिभर्सिटी एएनयूका वैज्ञानिकहरुले नौ अर्ब वर्षको सबैभन्दा छिटो बढ्ने ब्ल्याक होल पत्ता लगाएका छन् । यो प्रतिसेकेन्ड पृथ्वी बराबरको आकारमा वृद्धि भइरहेको बताइएको छ ।
यसको पिण्ड पनि सूर्यभन्दा ३ अर्ब गुणा बढी रहेको बताइएको छ । अन्वेषकहरूका अनुसार अँध्यारो क्षेत्रमा टेलिस्कोपको सहायताले ब्ल्याक होल सजिलै देख्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार यो ब्ल्याक होल विशेष प्रकारका ताराहरुको खोजीका क्रममा भेटिएको हो ।
प्रमुख अनुसन्धानकर्ता क्रिस्टोफर ओन्केन भन्छन्, ‘वैज्ञानिकहरू ५० वर्षदेखि यस्तो वस्तु पत्ता लगाउने प्रयासमा थिए । अहिलेसम्म वैज्ञानिकहरूले धेरै ब्ल्याक होल पत्ता लगाएका छन्, तर उनीहरूले यो ब्ल्याक होल पत्ता लगाउन सकेनन् ।’
वैज्ञानिकहरुले याे अनुसन्धान ‘एअर एक्सआईभी’ जर्नलमा प्रकाशित गरेका छन् । केही महिनाअगाडि अनुसन्धानकर्ताहरुले ‘मिल्की वे ग्यालेक्सी’ मा स्यागिटेरस ८ ए नामक ‘ब्ल्याक होल’ पत्ता लगाएका थिए । उक्त ‘ब्ल्याक होल’ भन्दा पनि अहिले भेटिएकाे ब्ल्याक हाेल ५०० गुणा ठूलो रहेको बताइएकाे छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया